हत्या गरेर फरार दुई जना १२ वर्षपछि पक्राउ

Avatar photo
Dhadingpost
कार्तिक ७, २०७९

काठमाडौं । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा हत्या गरेर फरार दुई जनालाई प्रहरीले १२ वर्षपछि पकाउ गरेको छ । प्रहरीले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भूमिकास्थान-१०, धनचौर प्यारे निवासी ४० वर्षीय शालिकबहादुर बुढा र ३६ वर्षीय नारायण बुढा रहेका जिल्ला प्रहरी कार्यालय अघाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

उनीहरू २०६७ साल माघ २५ गते सोही ठाउँमा बस्ने ४० वर्षीय दधिराम भुसालको हत्या गरेर फरार थिए। जिल्ला अदालत अर्घाखाँची २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । जसमध्ये ६ जनाले कैद मुक्तान गरिरहेका छन् भने हत्यामा संलग्न एक जना अभीयुक्त फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालका अनुसार उनीहरू १२ वर्षदेखी फरार रहेका थिए। गोप्य सूचनाका आधारमा उनीहरूलाई अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुई जनालाई अदालतमा पेस गरी प्रक्रिया अगाडि बढाइएको छ । अन्नपुर्णपोष्टबाट

x