आयोग, आचारसंहिता उल्लंघन गर्नेप्रति कठोर हुने

Avatar photo
Dhadingpost
अशोज ३०, २०७९

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालना नगर्ने उम्मेदवाप्रति आयोग कडा रूपमा प्रस्तुत हुने बताएका छन् । ऐनले वञ्चित गरेको काम नगर्न उम्मेदवार एवं दलहरूलाई उनको आग्रह छ ।

जिल्ला आचारसंहिता अनुगमन समिति कास्कीको शनिबार पोखरामा सम्पन्न बैठकमा थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशनसमेत दिए । यदि कुनै उम्मेदवारले आचारसंहिता उल्लंघन गरे २४ घन्टाभित्र स्पष्टीकरण सोध्न र जवाफ चित्तबुझ्दो नआए उम्मेदवारी रद्द गर्ने अधिकार आयोगलाई रहेकाले जिल्लामा कसैले ऐनविपरीत काम गरे त्यसको विवरण स्पष्ट रूपमा खुलाएर आयोग केन्द्रलाई लेखी पठाउन आग्रह गरे । ‘निर्वाचन आचारसंहिताको उल्लंघन गरेको देखिएमा आयोगमा लिखित वा मौखिक रूपमा जानकारी दिनुहोला,’ उनले भने ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर आयोगले निर्वाचन आचारसंहिता, २०७९ तयार गरेको जानकारी दिँदै उनले ऐनको दफा ४६ मा ‘कसैले आचारसंहिता उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ’ उल्लेख गरिएको बताए । नयाँपत्रिकाबाट

x