झार्लाङ छेलो यसवर्ष प्रमोद तामाङले जिते

Avatar photo
Dhadingpost
अशोज १८, २०७९

धादिङ । खनियाबास गाउँपालिका साविकको झार्लाङ गाविसमा हरेक वर्ष विजया दशमीको अवसरमा हुँदै आएको छेलो हान्ने प्रतियोगिता प्रमोद तामाङले जितेका छन् । विगत लगातार ५ वर्ष देखि यस प्रतियोगिता जित्दै आएका राजेन्द्र तामाङ (गुबिन) डेंगु संक्रमण हुँदा प्रतियोगितामा सहभागि हुन सकेनन् भने यो छैटौं वर्षको उपाधी प्रमोद तामाङले जित्न सफल भएका छन् ।

छेलो हान्ने प्रतियोगिता उक्ती झार्लाङको तामाङ समुदायमा पहिले देखि चल्दै आएको चलन थियो तर यसको संरक्षणको लागि अहिलेसम्म तीनै तहको सरकारले चासो नगरेको भन्दै स्थानीय क्लवले संस्कृति जोगाऔं अभियान भन्दै विगत केहि वर्ष देखि यस प्रतियोगिता गर्दै आएको छ । धादिङपोष्टका लागि फोटो सौजन्य राज तामाङ