सी डिभिजन लिग छनोटमा धादिङको लगनशीलले पहिलो खेल बराबरी खेल्यो, दोस्रो खेल १४ गते हुने

Avatar photo
Dhadingpost
अशोज १२, २०७९

धादिङ । शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगितामा धादिङबाट दुई क्लव सहभागी छन् । छनोटमा ६० क्लबलाई २० समुह बनाएर खेलाईएको छ ।

जसमा ग्रुप इ को २ नम्बरमा परेको धादिङको लगनशिल युवा क्लव ज्वालामुखीले पहिलो खेल सानो गौचरन काठमाडौं सँग बराबरी खेलको छ । लगनशिलले ३ गोल गर्दा सानो गौचरनले पनि ३ गोल गरेको थियो । अब लगनशिलको दोस्रो खेल असोन १४ गते सिद्धिमेमोरिएल भक्तपुर सँग खेल्ने छ । यस्तै धादिङकै अर्को टिम बच्छलादेवि युथ क्लव धुलीबेसीले पहिलो खेल असोज २३ गते झापा फुटबल क्लव सँग १५ः३० बजे र दोस्रो खेल असोज २५ गते गोरक्षा स्पोर्टस क्लव सँग १५ः३० बजे खेल्ने छ ।

गत वर्षको छनोटमा धादिङबाट चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छीले भाग लिएका थिए तर छनोटमा भने पर्न सकेका थिएनन् ।