हिमानी ट्रष्टद्वारा साढे तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री

Avatar photo
Dhadingpost
भदौ २६, २०७९

गोरखा । हिमानी ट्रष्टले गोरखाका विभिन्न विद्यालयका तीन हजार सात सय विद्यार्थीरूलाई शैक्षिक तथा स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ । सदरमुकामको शक्ति माविमा शनिबार एक कार्यक्रम आयोजना गरी ट्रष्टले तीन हजार ७५० जना विद्यार्थीलाई १९ प्रकारका सामग्रीले भरिएको झोला वितरण गरेको हो ।

कार्यक्रममा ट्रष्टकी अध्यक्ष हिमानी शाह र उनकी छोरी कृतिकाले विद्यार्थीका लागि झोलाहरू ४० विद्यालयका शिक्षकलाई हस्तान्तरण गरिन् । गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका र धार्चे गाउँपालिकाका विद्यार्थीहरूलाई वितरण गरेको जिल्लामा कार्यक्रम संयोजन गरेका मोहसिन अलि मियाँले जानकारी दिए ।

सो सामग्री चाइना फाउण्डेनमार्फत प्राप्त भएको हो । चाइना फाउण्डेशनले बर्सेनि देशभरका एकलाख भन्दा धेरै विद्यार्थीलाई यस्ता सामग्री उपलब्ध गराउँदै आएको छ । यस वर्ष हिमानी ट्रष्टमार्फत गोरखा, लम्जुङ, गुल्मी र मनाङका १० हजार विद्यार्थीलाई सो सामग्री बाँड्दैछ ।

मनाङबाहेक अरू जिल्लामा वितरण गरिसकिएको चाइना फाउण्डेशनका कवीर नेपालीले जानकारी दिए । अन्य संस्थाहरूसित समन्वय गरी वितरण गरिरहेको उनले बताए । हरेक वर्ष चाइना फाउण्डेशनसँग सहकार्य गरी विभिन्न एनजीओहरूले शैक्षिक तथा स्वास्थ्यसम्बन्धी सामग्री वितरण गर्ने गर्छ ।

सो ब्यागभित्र नेपाली तथा अंग्रेजी अभ्यास पुस्तिका, कलर बक्स, स्टेशनरी बक्स, पेन्सिल, हेल्थ ब्याग, लन्च बक्स, वाटर बोटल, टावेलजस्ता दैनिक प्रयोगमा आउने सामग्री राखिएको ट्रष्टले जनाएको छ । त्यस्तै, ब्यागमा फेस माक्स, साबुन, मन्जन, ब्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्डसमेत राखिएको ट्रष्टले जानकारी दिएको छ । अन्नपुर्णपोष्टबाट

x