
धादिङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको आज दिनको १२ बजे बैठक बस्ने भएको छ । बैठकमा जिल्लाको प्रतिनीधि सभा क्षेत्र र यस क्षेत्र भित्रका प्रदेशमा उठ्न टिकटको लागि दावी गर्नेहरुको नाम अनुमोदन गरि बागमती प्रदेश कार्य समितिलाई पठाउने निर्णय गर्नेछ ।
धादिङको प्रतिीधि सभा सदस्यमा उठ्न दावी गर्ने दुबै क्षेत्रको आकांक्षीहरुको नाम र प्रतिनीधि सभा क्षेत्र नम्बर १ को दुबै प्रदेशका आकांक्षीहरुको नाम सार्वजनिक भैसकेको छ भने प्रतिनीधि सभा क्षेत्र नम्बर २ को दुबै प्रदेशमा उठ्न दावी गर्नेहरुको नाम सार्वजनिक गरिएको छैन तथापी यस क्षेत्रको प्रदेश क मा २१ जना र ख मा २६ जनाले दावी पेस गरेका छन् ।
नेपाली कांग्रेस धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को बैठकमा प्रत्यक्ष तर्फ ९ र समानुपातिक तर्फ २ गरि ११ जनाले आशन्न मंसिर ४ गते हुने निर्वाचनका लागि दरखास्त दिएको छन् ।
बैठकले ११ जना कै नाम जिल्ला कार्यालयमा सिफारिस गर्ने र १७ गते बस्ने जिल्ला कार्यसमिति धादिङको बैठकले अनुमोदन गरि माथिल्लो कमिटीमा पेस गरिने नेपाली कांग्रस धादिङले जनएको छ ।
प्रत्येक्ष तर्फ नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिन, जिल्ला सभाति रामनाथ अधिकारी, पूर्व जिल्ला सभापति रमेश धमला, डा. राजाराम कार्की, तिलक रुवाली, वासु तिमल्सिना, हरिराम बुर्लाकोटी, अर्जुन थापा र गंगाबहादुर तामाङ छन् भने समानुपातिक तर्फ शिवराज अधिकारी र देवीकुमारी बुर्लाकोटीले उम्मेदवारका लागि संघ बैठकमा दरखास्त हालेका हुन् ।
धादिङ क्षेत्र नम्बर १
धादिङ क्षेत्र नम्बर १ गठबन्धन हुँदा कांग्रेसले गुमाउने क्षेत्र हो । तर पनि विहिबार बसेको नेपाली काग्रेस धादिङ प्रतिननीधि सभा क्षेत्र नम्बर २ को बैठकमा यस क्षेत्रको सांसदको टिकटका लागी ९ जनाले आफ्नो नाम दर्ता गराए ।
यो क्षेत्रको सांसदका लागि दावी गर्नेहरुमा प्रत्यक्ष तफए खिल गिरी, देवि प्रसाद सिल्वाल, विकास अधिकारी, विश्वप्रसाद अर्याल, हरि अधिकारी गरी ५ जना र समानुपातिक तर्फ इन्द्र कंडेल, उर्मिला थपलिया, कविता इटनी र दिपकान्त थपलिया गरी ४ जना छन् ।
क्षेत्र नम्बर १ का दुबै प्रदेश कमिटिहरुले माथिल्लो कमिटिमा पठाएको आकांक्षी उम्मेदवारहरुको नामावली
क्षेत्र नं १ प्रदेशसभा (क)
प्रत्यक्ष तर्फ
अर्जुन प्रसाद उप्रेती
कृष्ण रिजाल
जिवनाथ ढकाल
बाबु कृष्ण सापकोटा
मदुकुमार श्रेष्ठ
रविसुधन थापा
समानुपातिक तर्फ
उर्मिला कडेल
शारदा पाण्डे
देवकुमारी कार्की
अर्जुन प्रसाद उप्रेती
रामकुमार लामा
प्रदेशसभा सदस्य १ (ख)
प्रत्यक्षतर्फ
प्रभातकिरण सुवेदी (शिव)
बद्री अर्याल
शरद अधिकारी
अर्जुन न्यौपाने
विष्णुप्रसाद थपलिया
समानुपातिकतर्फ
गेहेन्द्रबहादुर मल्ल
कविता इटनी
झंकनाथ भट्ट
श्यामकुमार लामा
क्रान्ति डल्लाकोटी
जितेन्द्र चेपाङ
लक्ष्मी सिलवाल
संगिता खतिवडा पण्डित
बिमला चेपाङ
कविन शाक्य
