धादिङ क्षेत्र नं. १ को सांसदका लागि कांग्रेसबाट ९ जनाको दावी पेश

Avatar photo
Dhadingpost
भदौ १७, २०७९

धादिङ । धादिङ क्षेत्र नम्बर १ गठबन्धन हुँदा कांग्रेसले गुमाउने क्षेत्र हो । तर पनि विहिबार बसेको नेपाली काग्रेस धादिङ प्रतिननीधि सभा क्षेत्र नम्बर २ को बैठकमा यस क्षेत्रको सांसदको टिकटका लागी ९ जनाले आफ्नो नाम दर्ता गराए ।

बैठकले संघीय सांसदका लागि दावी पेस गर्ने नौं जना कै नाम बिहिबार नै जिल्ला कार्यसमितिमा उम्मेदवार छनोटका लागि क्षेत्रिय सभापति कुमारबहादुर सिंखडाले सिफारिस गरेका छन् ।

यो क्षेत्रको सांसदका लागि दावी गर्नेहरुमा प्रत्यक्ष तफए खिल गिरी, देवि प्रसाद सिल्वाल, विकास अधिकारी, विश्वप्रसाद अर्याल, हरि अधिकारी गरी ५ जना र समानुपातिक तर्फ इन्द्र कंडेल, उर्मिला थपलिया, कविता इटनी र दिपकान्त थपलिया गरी ४ जना छन् ।

यस क्षेत्रका प्रदेश क र ख बाट यस अघि नै आकांक्षी उम्मेदवारहरुको नामावाली सार्वजनिक भैसकेका छन् । कांग्रेसको विधानको धारा ३२(७) (क) बमोजिम प्रदेशले प्रत्यक्षमा ३ जना र समानुपातिकमा १ महिला सहित २ जनाको नाम सिफारिस गर्नु पर्ने व्यवस्था भएपनि टिकटको लागि दावी गरिएका सबै नामहरु माथिल्लो कमिटिमा पठाएको बताईएको पाईएको छ ।

यी हुने क्षेत्र नम्बर १ का दुबै प्रदेश कमिटिहरुले माथिल्लो कमिटिमा पठाएको आकांक्षी उम्मेदवारहरुको नामावली

क्षेत्र नं १ प्रदेशसभा (क)
प्रत्यक्ष तर्फ

अर्जुन प्रसाद उप्रेती
कृष्ण रिजाल
जिवनाथ ढकाल
बाबु कृष्ण सापकोटा
मदुकुमार श्रेष्ठ
रविसुधन थापा

समानुपातिक तर्फ
उर्मिला कडेल
शारदा पाण्डे
देवकुमारी कार्की
अर्जुन प्रसाद उप्रेती
रामकुमार लामा

प्रदेशसभा सदस्य १ (ख)
प्रत्यक्षतर्फ

प्रभातकिरण सुवेदी (शिव)
बद्री अर्याल
शरद अधिकारी
अर्जुन न्यौपाने
विष्णुप्रसाद थपलिया

समानुपातिकतर्फ
गेहेन्द्रबहादुर मल्ल
कविता इटनी
झंकनाथ भट्ट
श्यामकुमार लामा
क्रान्ति डल्लाकोटी
जितेन्द्र चेपाङ
लक्ष्मी सिलवाल
संगिता खतिवडा पण्डित
बिमला चेपाङ
कविन शाक्य