
धादिङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरीको १३ औं दिनको पुण्यतिथिमा कांग्रेस धादिङले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
बिहीबार कांग्रेसले पार्टी कार्यालय धादिङबेसीमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षता भएको श्रद्धाञ्जली सभामा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सभाका वक्ताहरुले पदको कहिल्यै लोभ नगर्ने, समाजवादी चिन्तनलाई अगाडी बढाउन भूमिका निर्वाह गर्ने, तटस्थ विचार भएका तथा सादगी जीवन बिताएका गिरीबाट कांग्रेस नेता कार्यकर्ताले धेरै सिक्नुपर्नेमा जोड दिए । उनको निधनले कांग्रेस मात्र नभई मुलुकलाई नै अपुरणीय क्षति भएको नेताहरुको भनाई थियो । उनले देखाएको बाटोमा हिँड्नु अपरिहार्य रहेको वक्ताहरुको सुझाव थियो ।
