कांग्रेसका युवा नेता दिनेशद्वारा प्रदेश सांसदको लागि दाबी पेश

Avatar photo
Dhadingpost
भदौ १६, २०७९

धादिङ । नेपाली कांग्रेसका युवा नेता दिनेश बहादुर गुरुङले धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को (क) प्रदेश सांसदका लागि प्रत्यक्षमा चुनाव लड्न दाबी पेस गरेका छन् ।

बुधवार धादिङबेसीमा आयोजित पार्टीको प्रतिनिधि सभा क्षेत्र नं २ र अन्तर्गतका प्रदेश कार्य समितिहरुको संयुक्त बैठकमा उनले प्रदेश सभा सांसदको लागि दावी पेश गरेका हुन् । पार्टीको विभिन्न तहमा रही काम गरेका लामा एक कुशल र लोकप्रिय युवा नेताको रुपमा चिनिन्छन् ।

उनी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महासमिति सदस्य पदमा लोकप्रिय मतका साथ निर्वाचित भएका हुन् । उत्तरी धादिङबाट नेपाली कांग्रेसको राजनीतिमा उदाएका लामा पार्टीकै भातृ संस्था नेपाल तरुण दल धादिङको पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।