धादिङमा कांग्रेसले भदौ १७, माओवादी १८ र एमालेले १९ गते उम्मेदवार सिफारिस गर्ने

Avatar photo
Dhadingpost
भदौ १६, २०७९

धादिङ । नेपाली कांग्रेसले प्रदेश र संघीय क्षेत्रबाट आएको आकाक्षी उम्मेदवारहरुको नाम भदौं १७ गते बस्ने जिल्ला कार्यसमितिले अनुमोदन गरि माथिल्लो कमिटीमा सिफारिस गर्ने तयारी गरेको छ भने माओवादीले उम्मेदवार सिफारिसका लागि १८ गते र एमालेले १९ गते बैठक राखेका छन् ।

धादिङमा एमाले र राप्रपाको गठबन्धन बन्ने अन्तिम छलफल चलिरहेको छ भने, सत्ता गठबन्धनका दलहरु माओवादी कांग्रेसले एकल उम्मेदवारी सिफारिस गर्न थालेका छन् तथापी यी दुई पार्टीले गठबन्धन बीच हुने सहमतिमा आकांक्षी आफ्ना उम्मेदवारले छाड्ने बताएका छन् ।

स्रोतका अनुसार सत्ता गठबन्धन बीच सहमति हुँदा कांग्रेसले प्रतिनीधि सभा क्षेत्र नं २ र यसै क्षेत्रको प्रदेश ख त्यै गरि प्रतिनीधि सभा क्षेत्र नं १ को दुई मध्य एउटा प्रदेश नछाड्ने अडानमा छ । माओवादी केन्द्रका एक नेताका अनुसार अहिले जिल्लामा कल्ले कुन छाड्ने र कल्ले कुन पाउने बहस सुरु भएकै छैन, माथिबाट के निर्देशन आउँछ त्यहि हुन्छ । स्रोतका अनुसार गठबन्धन बीच सहमति हुँदा माओवादीले प्रतिनीधि सभा क्षेत्र नं १ राजेन्द्र पाण्डेलाई छाड्ने र यसै क्षेत्रको प्रदेश ख र प्रतिनीधि सभा क्षेत्र नं २ को प्रदेश ख नछाड्ने तयारीमा देखिन्छ ।

यस्तै राप्रपा र एमाले बीच गठबन्धन बन्दा प्रतिनीधि सभा क्षेत्र नं १ को उम्मेदवार बुद्धिमान तामाङ बन्ने अन्य क्षेत्र राप्रपाले एमालेलाई सघाउने गरि छलफल जारी रहेको बताईएको छ । एमाले भित्रको गुट व्यवस्थापन नहुँदा स्थानीय तहमा क्षेति पुगेकोले यहिले गुट व्यवस्थापन सहित उम्मेदवार छनोट गर्नुपर्ने हुँदा उम्मेदवारको टुङ्गो लागि नसकेको एक नेताले बताए ।