
धादिङ । धादिङ क्षेत्र नम्बर २ गठबन्धन हुँदा पनि कांग्रेसले पाउने सम्भावन बढी रहेको क्षेत्र हो । त्यसैले पनि कांग्रेस धादिङका टप लेभलका नेताहरु टिकटको लागि आकांक्षी देखिएका छन् । नेपाली कांग्रेस धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को बैठकमा प्रत्यक्ष तर्फ ९ र समानुपातिक तर्फ २ गरि ११ जनाले आशन्न मंसिर ४ गते हुने निर्वाचनका लागि दरखास्त दिएको छन् ।
बैठकले ११ जना कै नाम जिल्ला कार्यालयमा सिफारिस गर्ने र १७ गते बस्ने जिल्ला कार्यसमिति धादिङको बैठकले अनुमोदन गरि माथिल्लो कमिटीमा पेस गरिने नेपाली कांग्रस धादिङले जनएको छ ।
प्रत्येक्ष तर्फ नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिन, जिल्ला सभाति रामनाथ अधिकारी, पूर्व जिल्ला सभापति रमेश धमला, डा. राजाराम कार्की, तिलक रुवाली, वासु तिमल्सिना, हरिराम बुर्लाकोटी, अर्जुन थापा र गंगाबहादुर तामाङ छन् भने समानुपातिक तर्फ शिवराज अधिकारी र देवीकुमारी बुर्लाकोटीले उम्मेदवारका लागि संघ बैठकमा दरखास्त हालेका हुन् ।
यसै क्षेत्रको प्रदेश क र ख को बैठक पनि बुधबार नै धादिङबेसीमा सम्पन्न भएको र टिकटको आकांक्षी धेरै जना रहेको र बैठकले माईन्यूट गरि नसकेकोले टिकटका दावेदारहरुको नाम टुङ्गो लगाउन बिहिबार बिहान फेरि बैठक बस्ने स्रोतले जनाएको छ ।
