एमाले बागमती प्रदेश सल्लाहकार परिषदमा धादिङबाट ५ जना चयन

Avatar photo
Dhadingpost
भदौ १५, २०७९

धादिङ । नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले प्रदेश सल्लाहकार परिषद् गठन गरेको छ । जसमा धादिङबाट ५ जना परेका छन् ।

मंगलबार प्रदेश अध्यक्ष केशवराज पाण्डेले परिपत्र २२ जारी गर्दै लामो इतिहास र योगदान भएका नेताहरूलाइ सल्लाहकार परिषदमा चयन गरिएको जानकारी दिएका छन ।

धादिङबाट बागमती प्रदेश परिषद् सदस्य चयन हुनेमा भरत खत्री, ऋषि तिवारी, ऋषि तिवारी, राजन भण्डारी, रामबहादुर रावल र झम्क परियार रहेका छन् ।