
धादिङ । धादिङको गजुरी बजारमा र मलेखु बजारमा मंगलबार हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा भव्य रुपमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
रुद्रेश्वर आमा समूह तथा गजुरी सामुदायिक विकास समाजले संयुक्त रुपमा गजुरीको आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको तीज विशेष कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक रामजी खांड, वविता बानियाँ (जेरी), प्रताप दास, हाँस्य कालाकारहरु सुरेन्द्र केसी (मुला साग) लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।
यस्तै भद्रकाली सामुदायिक विकास समाज मलेखुले पनि भव्यरुपमा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । मलेखुको कार्यक्रममा चर्चित हास्य कलाका बल्छी ध्रुवेले भरपुर मनोरन्जन दिएका थिए भने राष्ट्रिय तथा स्थानिय कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।
