कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो, धादिङमा मदनकृष्ण श्रेष्ठ आउँदै

Avatar photo
Dhadingpost
भदौ ७, २०७९

धादिङ । कांग्रेसले संघ र प्रदेशकाे चुनावलाई केन्द्रीत बनाएर जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने भएकाे । त्यसका लागि अाज ७७ वटै जिल्लामा प्रतिनीधि खटाएकाे छ ।

भदौ १० गतेदेखि सुरू हुने उक्त अभियानका कांग्रेस केन्द्रीय कार्यालयले धादिङका लागि मदनकृष्ण श्रेष्ठलाई खटाएकाे र उनी बुधबार नै धादिबेसी अाई पुग्ने कांग्रेस धादिङले जनाएकाे छ ।

जनताको साथमा कांग्रेस’ अभियान अन्तरगत पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ ।

कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ ।