
काठमाडौं : नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी घरमा नै आराम गरिरहेका छन् । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

