धादिङमा माओवादीद्वारा आफ्ना जन प्रतिनीधिलाई सम्मान

Avatar photo
राजाराम रिजाल
साउन २१, २०७९

धादिङ । माओवादी केन्द्र धादिङले सदरमुकाममा एक विशेष कार्यक्रमका बीच आफ्ना जनप्रतिनीधिहरुलाई सम्मान गरेको छ । माओवादी केन्द्र धादिङबाट प्रमुख पदमा ३ जना, उप्रमुखमा ४, वडा अध्यक्षमा ३२ र सदस्य सहित १ सय ५४ जना जनप्रतिनिधीहरु स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए उनीहरुलाई सम्मान गरिएको माओवादी धादिङले जनाएको छ ।

बागमती प्रदेशको सर्कुलर अनुसार आज माओवादी केन्द्र धादिङको समग्र समस्या एवं संभावनालाइ केन्द्रीकरण गर्ने उद्धेश्य सहित प्रदेश कार्यालय सहित समन्धित जिल्लामा कार्यरत केन्द्रीय समितिका सदस्यहरुको सहभागितामा सोही जिल्लामा कार्यरत प्रदेश समितिका सदस्यहरु, पालिका पार्टीका अध्यक्ष र इन्चार्जहरुको समिक्षात्मक बैठक जारी छ । यहि कार्यक्रमको अवसरमा माओवादीले आफ्ना जनप्रतिनीधिहरुलाई सम्मान गरेको हो ।

सम्मान लग्गतै सुरुभएको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता गण नारायण दाहाल , सुर्य सुबेदी (पथिक) हितमान शाक्य, बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, जिल्ला इन्चार्ज शालिकराम जमकट्टेल, केन्द्रिय सदस्य रामबहादुर भण्डारी बागमती प्रदेश सह सचिव दलवबहादु बुर्लाकोटी विजय प्रदेश सदस्य आरके ढुंगाना लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।