
धादिङ । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय सदस्य एवम् युवा संघका केन्द्रिय सचिवालय सदस्य दिपक खतिवडालाई राष्ट्रिय युवा संघ धादिङले सम्मान गरेको छ ।
खतिवडाले असार ६ गते सम्पन्न एन्फाको केन्द्रिय अधिवेशनमा ८४ मतमा ४६ मत ल्याउदै विजयी भएका थिए । उक्त जितलाई सम्मान र धादिङबाट पहिलो पटक एन्फा पदाधिकारीमा पुगेको भन्दै युवा संघले आज गल्छीमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो ।

यस अघि साउन ३ गते गजुरी गाउँपालिका गजुरीबजारमा रहेको सुनदेवि अर्गानिक कृषि सहकारी संस्थाले पनि खतिवडालाई एन्फाको केन्द्रिय उपाध्यक्ष भएकोमा बधाई ज्ञापन गर्दै सम्मान गरेको थियो ।
