धादिङका माओवादी जिल्ला सदस्य होमबहादुर ढकाल एमालेमा प्रवेस

Avatar photo
Dhadingpost
साउन १५, २०७९

धादिङ । नेकपा माओवादी केन्द्र धादिङका जिल्ला कमिटी सदस्य गंगाजमुना गाउँपालिका निवासी सहिद परिवार समेत रहेको होमबहादुर ढकाल एमालेमा प्रवेस गरेका छन् ।

नेकपा एमाले धादिङले आज गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र संघीय क्षेत्र नम्बर २ का सचिव समेत रहेका ढकाल सहित एकीकृत समाजवादी धादिङका सचिवालय सदस्य अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटि सदस्य कुमार तामाङ र राष्ट्रिय युवासंघ समाजवादीका केन्द्रीय सचिव प्रज्वल तामाङ एमालेमा प्रवेस गरेका हुन् ।

नव प्रवेसीहरुलाई नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञावाली, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल, नेकपा एमाले बागमती प्रदेशका ईन्चार्ज काशीनाथ अधिकारी, नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लोहनीले स्वागत गरेका थिए ।