धादिङ राष्ट्रिय परिचय पत्र बनाउन सकस, दैनिक १४० जनाले बनाउन पाउने

Avatar photo
Dhadingpost
साउन ११, २०७९

धादिङ । धादिङमा राष्ट्रिय परिचय पत्र बनाउन दैनिक टोकन सिस्टम लागु गरिँदा सकस पैदा भएको छ । दैनिक १४० वटा टोकन बाँडिने र त्यहि टोकन अनुसार राष्ट्रिय परिचय पत्र बनाईदा नागरिकहरु अफ्ठ्यारोमा परेका छन् ।

०७८ असार २६ गते देखि सरकारले राष्ट्रिय परिचय पत्र बनाउन सुरुगरे पछि धादिङमा हाल सम्म २२ हजार ५ सयले राष्ट्रिय परिचय पत्र लिएका छन् । सुरुमा टोकन लागु नगरिदा भिड भएपछि जिल्ला प्रशासनले टोकन सिस्टम बनाएको हो ।

जिल्ला प्रशासन कार्यालयका राममणि मिश्रका अनुसार यो काम पंजीकरण विभागको हो अन्य जिल्लामा पालिका स्तरमा अभियान चलाएर यो काम विभिागले गरि रहेको छ धादिङमा भने सिमित कर्मचारीले यो काम गर्नु पर्ने भएकोले टोकन लागु गरिएको हो ।

धादिङको छिमेकी जिल्ला गोरखाका ११ वटै स्थानीय तहका प्रत्येक वडामा राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु हुने भएको छ । धादिङमा भने पंजीकरण विभावको व्यवस्ताका कारण राष्ट्रिय परिचय पत्र झण्झिटिलो बनेको छ ।