
धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धादिङबेसीमा बढ्दाे महंगीका विरुद्ध विराेध गर्दै थाल ठटाउने जनाएकाे छ ।
केन्द्रीय कार्यक्रम अनुसार आज थाल ठटाएर विराेध गर्न लागिएको उपाध्यक्ष श्यामसिंह ठकुरीले धादिङपाेष्टलाई बताए ।
पार्टीको आन्दोलन परिचालन समितिको सिफारिसमा केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिले निर्णय गरेबमोजिम साउन महिनाभरि नै राप्रपाले संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । फाईलफाेटाे
