भिमसेनथापा गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

Avatar photo
Dhadingpost
साउन ६, २०७९

गोरखा । गोरखाको भिमसेन थापा गाँउपालिकाले सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । बुधबार सूचना जारी गर्दै गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको हो ।

सूचनामा जनाईए अनुसार १० गते वडा नं. १ मा वडा कार्यालयबाट, ११ गते वडा नं २ मा वडा कार्यालयबाट, १२ गते वडा नं ३ मा वडा कार्यालयबाट, १५ गते वडा नंं ५ मा वडा कार्यालयबाट, १६ गते वडा नं ७ मा वडा कार्यालयबाट र १७ गते वडा नं ८ मा वडा कार्यालयबाट लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ ।

यस अघि यस गाउँपालिकाले पालिकामा रहेको मेगा बैंकमार्फत वडा नं १, २, ३, ५, ७ र ८ वटाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण हुदै आएको थियो ।