धादिङका अजय तामाङ सहित नौ जुवाडे पक्राउ

Avatar photo
Dhadingpost
साउन ४, २०७९

धादिङ । काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुबाट प्रहरीले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । धादिङको खनियाबास गाउँपालिका–४ घर भएका ३९ वर्षीय अजय तामाङको टहरोमा जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा अजय तामाङसहित छन् ।

उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले छापा मारेको थियो । जुवाखालबाट ७० हजार ३ सय रूपैयाँ नगद र ४ बुक तास बरामद गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाबारे प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ । फार्ईल फोटो