
नुवाकोट । राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा नुवाकोटे टाइगर च्याम्पियन बनेका छन् ।
अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बनेका थिए । उपाधिसँगै नुवाकोटेले १ लाख २५ हजार नगद पुरस्कार जितेका छन् ।
झापाको केरखास्थित शहिद धर्मभक्त माविमा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगितामा उनले डेविडलाई पराजित गर्दै शनिबार राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बनेका हुन् ।
विजेतालाई नेकपा एमाले प्रदेश १ कमिटीका इन्चार्ज देवराज घिमिरे, पूर्व मन्त्री अग्नि खरेल, सङ्घीय सांसद एलपी सावाँ लिम्बू, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव समेत रहेकी नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।
