धादिङबेसीमा राप्रपाको प्रदर्शन, गठबन्धन सरकार मुर्दावादको नारा लगाए

Avatar photo
Dhadingpost
असार १८, २०७९

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले शुक्रबार साँझ धादिङबेसीमा राँके जुलुस प्रदर्शन गर्दै गठबन्धन सरकार मुर्दावादको नारा लगाएका छन् ।

बढ्दो महँगी, भष्टाचार र कुशासनको बिरुद्द प्रदर्शन गरिएको राप्रपा धादिङका उपाध्यक्ष श्यामसिंह ठकुरीले बताए । सयौंको संख्यामा उपस्थित राप्रपा कार्यकर्ताहरु सहभागी उक्त मसाल जुलुसमा गठबन्धन सरकार मुर्दावाद, महंगि नियन्त्रण गर जस्ता नारा लगाएका थिए ।