
धादिङ । हरेक वर्ष स्थानीय तहमा सयौं उपभोक्ता समितिले काम गरेका हुन्छन् । उनीहरुले भुक्तिनीको लागि बैंकमा कम्तिमा १ हजार रुपैयाँ धरौटी बुझाएर खाता खोलेका हुन्छन् । उक्त रकम अन्तिम किस्ताको रकम भुक्तानी भए सँगै खाता बन्द गर्नु पर्ने हो तर खाता बन्द गर्न केहि झण्झट भएका कारण अधिकांश उपभोक्ता समितिहरुले धरौटी रकम मायाँमारि छाड्ने गरेको पाईएको छ ।
यो आर्थिक वर्षमा करिव ४ सय उपभोक्ता समितिले त्रिपुरासुन्दरीमा काम गरे उनीहरुले सबैले १ हजार तिरेर बैंक खाता खोले तर अधिकांश उपभोक्ता समितिले खाता बन्द गराएका छैनन् । यस्तै अधिकांश उपभोक्ता समितिहरुले विगतका वर्षहरुमा पनि खाता बन्द गराएनन् । त्रिपुरासुन्दरी खाता बन्द नगराएका उपभोक्ता समितिको पैसा २६ लाख भन्दा बढी बैंकमै रहेको पाईएको छ ।
यस्तै नीलकण्ठ नगरपालिकामा पनि यो वर्ष करिव ८०० उपभोक्ता समितिले काम काम गरे । त्रिपुरासुन्दरीको जस्तै अधिकांश उपभोक्ता समितिहरुले खाता बन्द नगराउँदा लाखौ रकम बैंकमै छ । मैले १ लाखको काम उपभोक्ता समिति मार्फत गरें १ हजार धरौटी तिरेको हो ६ महिना यता बन्द गराउन नमिल्ने बैंकको नियम रहेछ, ६ महिना पछि उपभोक्ता समितिको निर्णय र पालिकाको सिफारिस ल्याउनु पर्छ भनेको छ त्यो झण्झटले १ हजार माया मारेको एक उपभोक्त समितिका अध्यक्ष नवराज पोखरेल बताउँछन् ।
यो समस्या जिल्लाभरका स्थानीय तहमा देखिएको छ । उभोक्ताको धरौटीको पैसा बैकहरुमा लाखौं जम्मा देखिन्छ । यस विषयमा स्थानीय तहहरुले कुनै चासो देखिएको छैनन् भने बैंकहरुले पनि वास्ता नगरि बसिरहेका छन् ।
नीलकण्ठ नगरपालिका उपमेयर दिपक विश्वकर्माले उपभोक्ताले धरौटीको पैसा बैंकमा छाड्ने गरेको बल्ल जानकारीका आयो । अब बैंकहरु सँग बसेर सल्लाह गर्ने र धरौटी नराखी बैंक खाता खोल्ने वा अन्तिम भुक्तानी सँगै खाता बन्द गराउने बारे निर्णय गरिने धादिङपोष्टलाई बताए ।
