त्रिपुरासुन्दरीका टङ्क विक, ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा पक्राउ

Avatar photo
Dhadingpost
असार १७, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीका ४० वर्षीय टङ्कबहादुर विकलाई ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पीडितका बाबुआमा मेला गएको बेला एक्लै पारेर बालिकालाई असार १५ गते बलात्कार गर्नुका साथै बालिकालाई बोकेर आफ्नो घरतर्फ लगेको भन्दै पीडित परिवारले असार १६ गते उजुरी दिए सँगै निज विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले बताए ।

पीडित परिवारले आरोपितविरुद्ध जबरजस्ती करणी र अपहरण मुद्दामा कारबाही गर्न उजुरी गरेका छन् । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार असार १६ गते धादिङ अस्पतालमा गरियो ।

x