बामदेवको पार्टीमा धादिङबाट परेका ३ केन्द्रीय सदस्य मध्य, उप्रेतीद्वारा आफु एमाले मै रहेको घोषणा

Avatar photo
Dhadingpost
असार १४, २०७९

धादिङ । वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमार्फत गौतमले पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन् ।

गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानको हाललाई ६८ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । केन्द्रीय कमिटीमा धादिङबाट ३ जना (गिता थापा, अप्सरा उप्रेती र शोभा पाठक) परेको देखिएपनि अप्सरा उप्रेतीले आफू बामदेवको पार्टीमा नरहेको र एमाले मै रहेको बताएकी छिन् ।

नेकपा एकीकृत समाजवादीको पक्षमा गीत लेखेर खुलेका गौतमले हालै राष्ट्रिय भेला आयोजना गरेका थिए । चन्द्रागिरी रिसोर्टमा असार १२ गते बसेको अभियानको बैठकले दल दर्तामा जाने निर्णय गरेको थियो ।