
धादिङ । सिद्धार्थ रिसोर्ट चुम्लिङटारमा आज नेपाली कांग्रेस धादिङले स्थानीय तहको निवार्चनबाट विजयी भएका आफ्ना जनप्रतिनीधिहरुलाई प्रशिक्षण दिने भएको छ ।
कांग्रेसले आफ्ना नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षका लागि लागि स्थानीय सरकार संचालन र स्थानीय स्तरमा योजना तर्जुमा तथा नीतिनिर्माण सम्बन्धि कार्यशाला गोष्ठी संचालन गर्न लागेको हो ।
आज शनिबार सिद्धार्थ रिसोर्ट चुम्लिङटारमा संचालन गरिन लागेको कार्यशाला गोष्ठीमा स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरि १२ जना जनप्रतिनिधिहरूलाई सहभागी हुने नेपाली काँग्रेस धादिङका सहसचिव नवराज तिमल्सेनाले जानकारी दिए ।
उक्त कार्यशालामा सहजीकरणको लागि नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष प्रा। डा। गोबिन्दराज पोखरेल, केन्द्रिय सदस्य दिलमान पाख्रीन, बागमती प्रदेश योजना आयोगको सदस्य राजु नेपाल र नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल आउने भएका छन् ।
प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको प्रशिक्षण पछि धादिङ कांग्रेसले वडा अध्यक्ष र कार्यपालिका सदस्यको लागि पनि यस्तै कार्यक्रम संचालन गर्ने जनाएको छ ।
