
काठमाडौं । धादिङ खानियाबास गाउँपालिका–२ झार्लाङका ४८ वर्षीय खार्पा तामाङ, गंगाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुक बहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्य बहादुर घले हिउँ चितुवाको छाला सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित उनीहरुलाई टोखा नगरपालिका–१० गोंगबुबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद छाला सहित आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
