चितवन राष्ट्रिय निकुञ्जभित्रको पर्यटकीय गतिविधि आजदेखि बन्द

Avatar photo
Dhadingpost
असार १, २०७९

चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि बुधबारदेखि बन्द गरेको छ । मनसुन सुरु भएसँगै कच्ची वनपथ बिग्रने, जंगलका स–साना खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत पर्यटकीय गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

तर, जानकारीविना पर्यटकीय गतिविधि रोकेको भन्दै पर्यटन व्यवसायीहरूले विरोध जनाएका छन् । सौराहाका पर्यटन व्यवसायसँग सम्बन्धित नौ संस्थाले असान्दर्भिक सूचना फिर्ता लिनुपर्ने भन्दै निकुञ्जलाई सोमबार ध्यानाकर्षणपत्र बुझाएका थिए ।

यस अर्थिक वर्षमा मात्र एक लाख ५९ हजार आठ सय ८१ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । जसबाट चालू आर्थिक वर्षको वैशाखसम्म आठ करोड १७ लाख ८३ हजार राजस्व संकलन भएको छ । नयाँपत्रिकाबाट

x