
हेटौंडा । धादिङ सहित बागमती प्रदेशका सबै स्थानीय तहका अध्यक्ष र उपाध्यक्षहरु हेटौंडामा जम्मा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना आजबाट सुरुभएको दुईदिने तालिम तालिमका लागि आध्यक्ष र उपाध्यक्ष हेटौंडामा जम्मा भएका हुन् ।
तालिम उद्घाटन गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पूर्वाधार विकासमा मात्रै नभई समग्र विकासमा केन्द्रीत हुन आग्रह गरेका छन् ।
प्रदेशका ११९ वटा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष सहभागी तालिममा बोल्दै पाण्डेले डोजरे विकास मौलाएको भन्दै चिन्ता व्यक्त व्यक्त गर्दै ‘डोजरे’ विकासबाट बाहिर निस्कन आग्रह गरे । ‘महिला, बालबालिका, दलित, अपाङ्ग र सीमान्तकृत समुदायको विकासमा तपाईंहरु सक्रिय हुनुहोस् । प्रदेश सरकार तपाईंहरुसँगै हिँड्न तयार छ ।’, उनले भने ।
उनले असार १० गते स्थानीय तहले ल्याउने बजेटमा प्रदेशको नीति तथा कार्यक्रममा समावेश भएका योजनाहरुलाई समेत समेट्न आग्रह गरे । ‘तपाईंहरु जुनजुन पार्टीबाट निर्वाचित भएपनि अब सवै जनतालाई सेवा गर्न तयार हुनुहोस् ।’, मुख्यमन्त्री पाण्डेले भने ।
