
प्रदिप तामाङ
धादिङ । शुक्रबार सम्पन्न नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनबाट धादिङ घरभई काठमाडौंबाट पर्यटन व्यवसाय गर्दै आएका दुई जना निर्वाचित भएको छन् ।
वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे र सदस्यमा रामचन्द्र धमला विजयी भएको हुन् । सत्ता गठबन्धन निकट पर्यटन व्यवसायीहरुको समुहबाट साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएका पाण्डेले ४२९ मत ल्याई विजयी भएका हुन् भने उनको प्रतिद्वन्दी मायाँ शेर्पाले ४२३ मत प्राप्त गरेकी थिईन् । यस्तै धादिङका अर्का सदस्य पदका उम्मेदवार रामचन्द्र धमलाले ३०९ मत ल्याई विजयी भएका हुन् । यी दुबै जना माओेवादी केन्द्र नीकट हुन् ।
नेपाल पर्वतारोहण संघको अध्यक्षमा गठबन्धनबाटै निमानुरु शेर्पा विजयी भए उनको प्रतिपर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याउँदा शेर्पाले ७३५ मत ल्याएका थिए । प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, दितिय उपाध्यक्षमा दावा याङ्जु शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषध्यक्षमा मुक्ति पाण्डे विजयी भएका छन् ।
