धादिङ जिससमा आज उम्मेदवारी दर्ता, क-कस्ले दिदै छन्, उम्मेदवारी ?

Avatar photo
राजाराम रिजाल
जेष्ठ २७, २०७९

धादिङ । धादिङका मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीका अनुसार जिल्ला समन्वय समिति धादिङको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । आज बिहान ७:०० बजे मतदाता नामावली प्रकाशन, आजै १- २ बजे सम्ममा अन्तिम मतदाता नामावली प्रकाशन र दिनको २-४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको गरिने उनले बताए ।

जिल्ला समन्वय समिति धादिङको निर्वाचन कार्यतालिकाल अनुसार प्रमुख र उप प्रमुख सहित ९ सदस्यका चयनका लागि भोली उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने जेष्ठ २९ गते मतदान हुने कार्यक्रम छ ।

सत्ता गठबन्धनको सहमती अनुसार जिल्ला समन्वय समिति धादिङको प्रमुख पदका लागि माओवादी केन्द्रबाट नवराज अधिकारीले दिने छन् यस्तै ७ सदस्यमा कांग्रेसबाट सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसीले उम्मेदवारी दिने बताईएको छ ।

गठबन्धनको सहमतीमा समन्वयको उप प्रमुख पाएको एकीकृत समाजवादी उम्मेदवार छान्न सकसमा देखिएको छ । कल्लाई बनाउने भन्ने छलफल चलि रहेको र निर्णयमा पुगि नसकेको नेता कृष्ण अर्यालले धादिङपोष्टलाई बताए ।

दुई नगरपालिका र ११ वटा गाउँपालिका समेत गरी १३ स्थानीय तह रहेको धादिङमा जिल्ला समन्वय समिति गठनका लागि २६ जनाले मतदान गर्ने छन् । धादिङमा नेपाली काँग्रेसले सात पालिकामा प्रमुख र पाँचमा उपप्रमुख गरी १२ भोट, माओवादी केन्द्रको ३ प्रमुख ५ उपप्रमुख गरी ८ भोट, एकीकृत समाजवादी सँग १ प्रमुख र ३ उप्रमुख गरी ४ भोट छ भने एमालेको २ प्रमुखको २ भोट छ ।