नुवाकोट । सत्ता गठबन्धन दल नुवाकोटको बैठकले जिल्ला समन्वयको चुनावमा साझा उम्मेदवारी बनाएर जाने सहमति गरेका छन् । बैठकले जिल्ला समन्वयको प्रमुख सहित ४ सदस्य माओवादीलाई र उपप्रमुख सहित ५ सदस्य कांग्रेसलाई दिने निर्णय गरेको छ ।