
धादिङ । धादिङ रुबीभ्याली घरभई काठमाडौंमा रहेर पर्यटन व्यवसाय गर्दै आएका कुलबहादुर गुरुङले नेपाल पर्वतारोहण संघ (एनएमए) आशन्न अधिवेशनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
नेपाल पर्वतारोहण संघ (एनएमए) को महासचिव समेत रहेका गुरुङ एलाइन्स ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा।लि।का प्रबन्ध निर्देशक समेत हुन । गिरिजा प्रसाद कोइराला फाउन्डेशनका पर्यटन बिभाग निर्देशक, राष्ट्रिय पर्यटन ब्यबसायी संघ (नीट)का संस्थापक तथा बर्तमान सचिव, विश्व पर्वतारोहण महासंघका सचिवालय सदस्य, नेपाल पर्वतारोहण संघका महासचिव, टानका पूर्व उपाध्यक्ष, गुरुङ पर्यटन ब्यबसायी संघ नेपालका संस्थापक अध्यक्ष, गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष र हिमाली समुदाय जलबायु परिबर्तनका सचिव भएर काम गरिरहेका छन् । ऊनी बिगत २९ बर्षदेखि पर्यटन ब्यबसायमा क्रियाशील भइ व्यवसाय गर्दै आइरहेका छन ।
पर्वतीय पर्यटनको क्षेत्रमा लामो समय बिताएका गुरुङ अब्बल र सक्षम नेतृत्व भएका व्यवसायी हुन । ऊनी विभिन्न पर्यटकीय संघ संस्थाहरुमा आवद्ध भइ काम गरिसकेका छन । गुरुङ पर्वतीय गतिबिधीहरु हुने विश्वभरका देशहरुका छाता संस्था विश्व क्लाईबिङ्ग एण्ड माउन्टेनीयरिङ्ग महासंघ (UIAA) को ब्यवस्थापन कमिटी सदस्य समेत हुन । गुरुङ अगामी हुन गइरहेको निर्वाचनमा नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा दाबी गर्ने तयारीमा रहेको बुझिएको छ ।
