नीलकण्ठ माविका विद्यार्थीको रक्त समुह परीक्षण

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०७९

धादिङ । धादिङ बेसी सदरमुकाममा रहेको जिल्ला कै पहिलो नमुना नीलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका १५२ बिद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको छ ।

प्रयास नेपालको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धादिङको सहयोगमा निलकण्ठ माविका बिद्यार्थीहरुको निशुल्क रक्त समूह परिक्षण गरिएको हो ।

रगत अभावको समयमा रक्तदाताहरुको समूह पहिचान गरिराख्दा सहज हुने भएकाले निशुल्क रगत समूह परीक्षण गरिएको रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठले बताए ।

नीलकण्ठ मावि सँग सम्बन्धित यस अघि प्रकाशित समाचारहरु