गजुरी कार्यपालिका सदस्यमा कांग्रेस ३, एमाले २ र माओवादीबाट १ जना विजयी

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०७९

धादिङ । धादिङको गजुरी गाउँकार्यपालिका सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका ४ मध्य ३ जना, एमालेबाट उम्मेदवारी दिएका ३ मध्य २ जना र माओवादी केन्द्रबाट उम्मेदवारी दिएका ३ मध्य १ जना विजयी भएका छन् ।

गठबन्धन दल कांग्रेस र माओवादी बीच सहमति हुन नसक्दा एकल चुनावी मैदानमा रहेका यी तीन दलका उम्मेदवर मध्य ९ भोट रहेको एमालेबाट उम्मेदवार बन्ने गंगा श्रेष्ठले एमालेको मत भन्दा चार गुणा धेरै अर्थात सबै भन्दा धेरै ३६ मत ल्याउँदै विजयी भएकी थिईन् । महिला तर्फ विजयी हुने अन्य ३ मा कांग्रेसबाट तारा लामा २४, फुलमायाँ लामा २४ र मैया डल्लाकोटी २३ मत छन् । महिला तर्फ माओवादी केन्द्रबाट उम्मेदवार बनेका अन्जु विसुन्खे, संगिता चेपाङले १८ मत मात्रै पाए ।

यस्तै दलित तथा अल्पसंख्याक तर्फको दुई उम्मेदवार मध्ये एमालेका आयुष प्रजाले २४ मत र माओवादी केन्द्रका सनमबहादुर प्रजाले २५ मत ल्याउँदै विजयी बने भने कांग्रेसबाट उम्मेदवार बन्ने विमला चेपाङले १९ मत मात्रै पाईन् । गजुरी कार्यपालिकाको यस चुनावमा माओवादीको १८ भोट, कांग्रेसको १५ भोट र एमालेको ९ भोट रहेको थियो ।

बागमती प्रदेशका मुख्य मन्त्री एवम् एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको वडामा समेत सदस्य समेत नजित्दा एकीकृत समाजवादी गजुरी जनप्रतिनीधि विहिन बन्न पुग्दा यस चुनावमा सहभागि हुन पाएन । निर्वाचित ६ जना कार्यपालिका सदस्यलाई आजै गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले शपथ ग्रहण गराएका छन् । तस्वीर: उपेन्द्र जम्कट्टेल

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अध्यक्षमा जितका लागि गणशलाल श्रेष्ठले ६,३०८ ल्याएका थिए भने उनको प्रतिद्वन्दी एमालेका राजेन्द्र विक्रम बस्नेतले ४,०५१ मत ल्याए । ०७४ सालमा पनि यी दुई बीच प्रतिस्पर्धा रहेको थियो । बस्नेतले ४,३३६ मत ल्याउँद श्रेष्ठले ४,००६ मत ल्याएका थिए । त्यो बेलाको हारको बदलामा यो पटक गठबन्धनको सहयोग लिएर श्रेष्ठले चुक्ता गरेका थिए। यस्तै उपाध्यक्षमा विजयी विसुरालले ५,६९९ मत ल्याएकी थिईन भने उनको प्रतिद्वन्दी एमाले उम्मेदवारले ३,५९२ मत ल्याएकी थिईन् । विसुराल पनि ०७४ मा उपाध्यक्षमा एमाले सँग परिजित बनेकी थिईन । यो पटक गठबन्धनको सहयोगमा उनले पनि एमालेलाई बदला चुक्ता गरेकी थिईन् ।
विजयी वडा अध्यक्षहरु
गजुरी १ मा तारा भण्डारी, माओवादी केन्द्र
गजुरी २ मा द्रोण कडेल, कांग्रेस
गजुरी ३ ऋषिलाल श्रेष्ठ, कांग्रेस
गजुरी ४ सुरेन्द्र चेपाङ, कांग्रेस
गजुरी ५ मा गोबिन्द लामिछाने, माओवादी केन्द्र
गजुरी ६ भक्त ब तामाङ, माओवादी केन्द्र
गजुरी ७ मा बद्री जम्कट्टेल, माओवादी केन्द्र
गजुरी ८ देवराज ओझा, माओवादी केन्द्र