
काठमाडौं । मागभन्दा १० हजार २०० मेट्रिक टन धेरै ग्याँस भित्रिएपछि बढाइयो ग्यासको मूल्य बढ्दा ग्यास स्टक राखेर बेच्ने व्यापारीहलाई फाईदा भएको छ ।
निगमले सार्वजनिक गरेको विवरणमा पनि अघिल्लो मार्च महिनामा भन्दा १० हजार २०० मेट्रिक टन बढी ग्याँस भित्रिएको देखिन्छ । अप्रिल महिनाको खपतका लागि गत मार्चमा नेपालमा ३६ हजार ९२० मेट्रिक टन ग्याँस भित्रिएको थियो । यो २६ लाख सिलिन्डर बराबरको ग्याँस हो । जबकि अहिलेको मे महिनाको खपतका लागि ४७ हजार १२५ मेट्रिक टन ग्याँस आयात भएको निगमको विवरणले देखाउँछ । जुन सिलिन्डरमा भन्दा ३३ लाख १८ हजार ६६१ सिलिन्डर बराबर हो ।
सरी बढी आयात भएको ग्यास अब उद्योगीले मूल्य बढाएर बेच्न पाउने भएका छन् । व्यापारीले उपभोक्तालाई १४.२ किलो ग्रामको ग्याँस बिक्री गर्दै आएका छन् । मूल्य बढ्ने हल्लाका बीच १० हजार २०० मेट्रिक टन बढी ग्याँस व्यापारीले बढी खपत गर्नु र प्रतिसिलिन्डरमै २०० रुपैयाँ मूल्यवृद्धि गरिदिए पछि व्यापारीलाई ठूलो लाभ भएको देखिन्छ ।
यस अघि १६०० रुपैयाँ प्रतिसिलिन्डरमा बिक्री हुने ग्याँसको मूल्य आइतबारबाट १८०० रुपैयाँ पुगेको छ । मे महिनाको खपतका लागि ४७ हजार १२५ मेट्रिक टन ग्याँस आयात हुँदा यो सिलिण्डरमा हिसाब गर्दा ३३ लाख १८ हजार ६६१ सिलिन्डर हुन्छ । प्रतिसिलिन्डरमा २०० रुपैयाँ वृद्धि हुँदा व्यवसायीलाई स्वत: ६६ करोड ३७ लाख ३२ हजार रुपैयाँ भन्दा धेरै अतिरिक्त नाफा निश्चित भएको देखिन्छ ।

