सहिद परिवारको आशिर्वाद लिन व्यस्त उपमेयर विश्वकर्मा

Avatar photo
Dhadingpost
जेष्ठ ८, २०७९

धादिङ । नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा यतिबेला जनयुद्धका सहिद तथा वेपत्ता परिवार भेटघाटमा व्यक्त छन् । यसै सिलशिलामा उनी शनिबार धुवाँकोट र काउले पुगे । हाम्रो पार्टी माओवादी केन्द्र बलिदानी पूर्ण इतिहासबाट आएको पार्टी हो हजारौं सहिद र वेपत्ता छन्, अहिले आफू आशिर्वाद लिन सहिद तथा वेपत्ता परिवारमा पुगिरहेको उनले धादिङपोष्टलाई बताए ।

शनिबार धुवाँकोट र काउले पुगेपछि उनल आफ्नो समाजिक संजालमा स्टाटस समेत लेख्दै भनेका छन्, महत्वपूर्ण भेटघाट सहित आशिर्वाद ग्रहण गर्दै । व्यवस्था बदल्न अहम भूमिका निर्वाह गर्ने जनयुद्धको महान शहिद रिता श्रेष्ठ क. रेजिनाका आमा तारादेवी र बुबा कृष्ण प्रसाद श्रेष्ठ संग भेटघाट , (जुन घर र परिवारबाट जनयुद्ध र माओवादी आन्दोलन बुझ्ने पाठशाला थियो मेरो लागि ०५६–०५८ साल तिर ) सहित आशिर्वाद लिने क्रममा साथै २ धुवाँकोट र काउलेका प्रीयजनका साथ।

गठबन्धनको तर्फबाट चुनाव जितेका दिपक विश्वकर्माले निलकण्ठको उपमेयरमा निकटम प्रतिद्वन्दी एमालेका फन्द्रा तामाङलाई १७६ मतले हराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य समेत रहेका उनी दलित समुदायबाट धादिङमा उपमेयर हुने पहिलो व्यक्ति हुन् ।