धादिङको गंगाजमुनामा कांग्रेसबाट आमा र एमालेबाट छोरी निर्वाचित

Avatar photo
Dhadingpost
जेष्ठ ७, २०७९

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा माओवादीका उम्मेदवार कुमार बहादुर अधिकारीले एमालेका कुमारबहादुर अधिकारीलाई हराउँदै विजयी भएका थिए भने यहि गाउँपालिकामा फरक/फरक पार्टीबाट आमा/छोरी नै विजयी भएको पाईएको छ ।

गंगजमुना वडा नम्बर ४ को दलित महिला सदस्यमा आमा लुरी सुनार ६०७ मत ल्याई विजयी भएकी हुन् भने एमालेबाट छोरी बिमला विश्‍वकर्मा गंगाजमुना ६ को महिला सदस्यमा ९४४ मत ल्याउँदै जिवयी बनेकी हुन् ।