धादिङका कान्छा उम्मेदवारहरु, जो विजयी हुन सकेनन्

Avatar photo
Dhadingpost
जेष्ठ ६, २०७९

धादिङ । स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएको छ । यस अघि हामीले धादिङमा जेष्ठ उमेर समुहका उम्मेदवारहरुले चुनाव जित्न नसकेको समाचार प्रकाशित गरेका थियो । समाचार उस्तै तर उमेर फरक अहिले उम्मेदवारहरु मध्य कम उमेरका युवा उम्मेदवारहरुलाई पनि मतदाताले नपत्याएको पाईएको छ ।

पालिका अध्यक्ष तर्फ सबैभन्दा कम उमेरका उम्मेदवार इमान तामाङ थिए । २५ वर्षिय उनी एमालेबाट खनियाबास गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका थिए तर उनी विजयी हुन सकेनन् । खनिवासको उपाध्यक्षमा राप्रपाबाट २४ वर्षिय मरियम तामाङ उम्मेदवारी थियो उनी पनि विजयी हुन सकिनन् ।
यस्तै २१ वर्षिय दिलकुमारी घलानले मंगोलियन नेशल अर्गनाईजेसनबाट थाक्रे गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार थिईन उनले पनि विजयकाे झण्डा फहराउन पाईनन् । २१ वर्षिय निर्मला गुरुङ त्रिपुरासुन्दरीको उपाध्यमा उम्मेदवार थिईन् उनी पनि पराजित भईन् ।

यसैगरी वडा अध्यक्ष तर्फ कान्छा उम्मेदवार २१ वर्षिय गणेश भण्डारी राप्रपाबाट गल्छी ५ को वडा अध्यक्षको उम्मेदवार थिए तर उनले ६ मत मात्रै पाए । नेत्रावती डवजोङ ३ को अध्यक्षका जसपाबाट २२ वर्षिय मिलन तामाङ उम्मेदवार थिए उनले पनि ३ मत मै चित्त बुझाउन वाध्य भए ।

यस्तै वागमती प्रदेश सांसद जगत सिंखडाको स्वकिय सचिव २४ वर्षिय प्रेम तामाङ पेरेम माओवादी केन्द्रबाट खनियावास २ को अध्यक्षकोउम्मेदवार थिए तर उनलाई राप्रपाका अरुण कुमार पाख्रीनले १६२ भोटको अन्तरले हराई दिए । एमालेबाट गल्छी ४ को अध्यक्षका उम्मेदवार २४ वर्षिय जयराम अधिकारीलाई पनि यो चुनाव सुखद बन्न सकेन उनी कांग्रेसका राजु अधिकारी सँग ५९ मतको अन्तरले पराजित भए ।
यस्तै ज्वालामुखी ७ को सदस्यमा एमालेबाट २१ वर्षिय रोशनी इटनीको पनि उम्मेदवारी थियो उनीपनि पाराजित भईन् । नेकपा एकीकृत समाजवादीबाट त्रिपुरासुन्दरी १ को सदस्यका उम्मेदवार २१ वर्षिय विनोद रिमालले मात्रै ४ मत पाए ।