
धादिङ । माओवादी केन्द्र नीलकण्ठ नगरपालिका ५ ले एक विज्ञप्ती जारी गर्दै आफ्ना आफ्ना कार्यकर्ताले नीलकण्ठ नगरपालिकाको मेयर पदका उम्मेदवार भिम प्रसाद ढुङ्गानालाई हातपात नगरेको जनाएको छ ।
मेयर पदका उम्मेदवार भिम प्रसाद ढुङ्गानाले धादिङपोष्टलाई जानकारी दिँदै मतदानको जानकारी लिन वडा नम्बर ५ को पञ्चकन्या मतदान केन्द्रमा पुग्दा माओवादी केन्द्रका कार्यकर्ताहरु हरि श्रेष्ठ, प्रकाश ढुङ्गाना, कमल जम्कट्टेल र दिपक श्रेष्ठले आफुलाई हातपात गरेको बताएका थिए ।
उक्त समाचार प्रकाशित भए सँगै माओवादी केन्द्रले आज विज्ञप्ती जारी गर्दै भनेको छ, मतदानको अन्तिम समयमा भिम प्रसाद ढुङ्गाना मतदान केन्द्रमा प्रवेश गरि आफुलाई मत माग्न थालेपछि लाईन मा रहेका मतदाताहरुले आक्रोशित भई हो हल्ला भएको र सो क्रममा भिड नियन्त्रण गर्न लाग्दा भिम प्रसाद ढुङ्गाना र रामबहादुर श्रेष्ठ माथि समेत भएकोले धादिङपोष्ट लगायतका संचार माध्याम एवम् सामाजिक संजालमा हाम्रो पार्टीका साथीहरुका नाम सहित जोडेर प्रकाशित भएको समाचार सत्यता नरहेको बताएको छ ।
