सल्यानटारका दिनेश कुमाल वडा अध्यक्षमा उठेसँगै चर्चामा

Avatar photo
Dhadingpost
बैशाख १२, २०७९

धादिङ । जनता समाजबादी पार्टीले धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ अध्यक्षमा २४ वर्षिय युवा दिनेश कुमाललाई चुनावी मैदानमा ल्याराए सँगै चासोका रुपमा हर्न थालिएको छ ।

नोबेल कलेजमा स्वास्थ्य सङ्कायमा स्नातक अध्ययनरत मेधाबी छात्र कुमाल पढाइमा असाध्यै अब्बल विद्यार्थी हुन् । बाबुराम भट्टराईबाट प्रभावित हुँदै राजनीतिक यात्रामा होमिएका उनी आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा लडे सँगै उनको चर्चा सुरुभएको हो ।

जनता समाजबादी पार्टी त्रिपुरासुन्दरीको संयोजक समेत रहेका उनले नयाँशक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । विगतमा जिल्ला सचिबालय सदस्य, नयाँ शक्ति हुँदै बिद्यार्थी र पार्टी मोर्चामा जनता समाजबादी पार्टीसम्म आउँदा अबिचलित रुपमा अनबरत लागिरहेका ब्यक्ति भएको जिल्ला अध्यक्ष राम ढकालले धादिङपोष्टलाई बताए ।

अनुशासित र ईमानदार कार्यकर्ताको छवि बनाएका कुमाल विकास अभियानका असल साधकका रुपमा समेत रहेका छन् । हाल, स्वास्थ्यकर्मी संघ मेडिकल कलेज इकाई समितीको सह-सचिव, विद्यार्थी राजनिति, नयाँशक्ति पार्टी हुदै जसपा धादिङ्ग-काठमान्डौ सम्पर्क सम्यन्त्र सचिब छन् उनी स्थानीय स्तरमा समेत लोकप्रिय र भिजन भएका युवा भएकोले वडा अध्यक्षको टिकट दिएको अध्यक्ष ढकाल बताउँछन् ।

x