त्रिपुरासुन्दरी ७ को अध्यक्षमा माओवादीबाट दर्पणले उम्मेदवारी दिने

Avatar photo
Dhadingpost
बैशाख ९, २०७९

धादिङ । माओवादी केन्द्रका नेता पूर्व जनमुक्ति सेनाका सुवास अधिकारी दर्पणले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

माओवादी केन्द्र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ को वडा कमिटीले वडा अध्यक्षमा उनलाई सिफारिस गरे सँगै उनले अध्यक्ष पदका लागि उम्मेदवार दिने भएका हुन् ।

यस अघि पनि माओवादी केन्द्रले जितेको यस वडामा यस पटक उनको भाई विपिन अधिकारीले पनि मौलिक जरोकिलो पार्टीबाट उम्मेदवारी दिले घोषणा गरेका छन् ।
यस्तो थियो ०७४ सालको निर्वाचनमा यस वडाको चुनावी परिणाम
अध्यक्षमा
कांग्रेस मोहन बहादुर अधिकारी २२४ मत
एमाले बलराम गौली ५४९ मत
माओवादी केन्द्र देवराज धरेल ६२९ मत विजयी
राप्रपा रेशमबहादुर थापा ३७ मत
नयाँ शक्ति उदयविक्रम घले १२ मत

माओवादी केन्द्र त्रिपुरासुन्दरीको बैठकले अध्यक्ष पदका लाथि हरि अधिकारी (आशिस) र अर्जुन नगरकोटीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको छ । तथापी काठमाडौं उपत्यका विशेष प्रदेशका ठाकुर धरेलले पनि माओवादीले पाउँदा आफ्नो पनि पालिका अध्यक्षमा दावी रहेको बताएका छन् । यस्तै माओवादी केन्द्र त्रिपुरासुन्दरीको बैठकले देवराज धरेल र नारायण तिमल्सिनालाई सिफारिस गरेको छ ।

x