रुबीभ्यालीको उप-प्रमुखमा छिमि मम्बाको दावी

Avatar photo
Dhadingpost
बैशाख ८, २०७९

धादिङ । रुबीभ्याली गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई उप प्रमुखको टिकट दिनेमा छिमि मम्बा ढुक्क छिन् । उत्तरी धादिङ रबीभ्याली हिजो पनि राप्रपा, भोली पनि राप्रपा हो, यसमा दुई मत छैन तसर्थ यहाँ राप्रपाका धेरै नेता छन् धेरैको उम्मेदवार बन्ने आकांक्षा छ तथापी आफूलाई पार्टीले टिकट दिनेमा ढुक्क रहेको उनी बताउँछिन् ।

उप प्रमुख महिलाले नै लिनु पर्छ भन्ने हैन तर अवसर दिए महिलाले अझ सशक्तरूपमा पालिकाको विकास गर्न सक्छन् तसर्थ आफूले उप प्रमुखको दावी गरेको छिमि मम्बा बताउँछिन् ।

रुबिभ्यालीका ८० प्रतिशतभन्दा बढी पुरुष रोजगारीको सिलसिलामा बाहिर छन्, तिनलाई गाउँमै उत्पादनदेखि रोजगारी दिने खालका प्याकेज ल्याउन आवश्यक छ । गाउँपालिकाको विकासका लागि विज्ञ ल्याएर योजना बनाउने सोचेकी छु, उनले भनिन्, ‘पालिकाको उपप्रमुख हाँक्न सक्ने महिला नेतृत्व गर्न तयार छन् ।’

कलाकारिता सँगै व्यवसाय गर्दै आएकी छिमी दयाँलु र सहयोगी भावना भएकै कारण रुबीभ्याली गाउँपालिकाको आम जनताको चाहना तामाङ प्रति बढेको हो। यहीँ जन भावनालाई कदर गर्दै बाँकी जीवन समाज सेवामा समर्पित गर्ने निर्णय सहित उपप्रमुखमा दाबी गरेको छिमी मम्बा तामाङ बताउँछिन । विभिन्न संघ संस्थामा आवद्ध भई सामाजिक कार्यमा समेत सक्रिय छिमी मम्बा तामाङले उपाध्यक्षमा आफू सर्वसम्मत उम्मेदवार हुनु पर्ने बताईन् ।