आजको मौसम

Avatar photo
Dhadingpost
बैशाख ८, २०७९

काठमाडौं । हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।देशका पहाडी भू-भागका केही स्थान र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार आज राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश १ का थोरै स्थान र बाकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।