
धादिङ । धादिङबाट जापानको कान्साई क्षेत्रमा विभिन्न पेसा, व्यवसाय र अध्ययनको शिलशिलामा रहेकाहरुको संस्था धादिङ समाज जापान कान्साई क्षेत्रको प्रथम अधिबेसनबाट संयोजकमा दिपक भण्डारी चयन भएका छन् । अधिवेशनले धादिङ गजुरी गाउँपालिका निवासी किराञ्चोकका हाल जापानको कान्साई क्षेत्रमा रहेका दिपक भण्डारी संयोजकत्वमा ११ सदस्यीय धादिंग समाज जापान कान्साई क्षेत्र गठन भएको हो ।
अधिवेशनबाट उप-संयोजकमा दोर्ण राउत, सचिवमा रुबिना थापा, कोषाध्यक्षमा अजय सिलवाल, सदस्यहरुमा विश्व ठकुरी, जनक सिंखडा, कपिल ईटनी, विष्णु गैरे, धन बहादुर अधिकारी, कुसुम धमला, सि.प. जमरकट्टेल चयन भएका छन् ।
धादिङ समाज जापानका अध्यक्ष दिनेश लोहनीको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा एन आर एन ए जापानका उपाध्यक्ष महेश कुमार कटवालको प्रमुख आतिथ्यता, एन आर एन ए का निबर्तमान ICC सदस्य तुलसीराम खरेलको विशेष विशिष्ट आतिथ्यता, एन आर एन ए जापानका निबर्तमान सल्लाहाकार नरेन्द्र कुमार बस्नेत, एन आर एन ए जापानका कोषाध्यक्ष कृष्ण शर्मा गैरे, एन आर एन ए कान्साईका संयोजक दिलिप शर्मा गैरे लगायतको आतिथ्यता रहेको थियो ।



























