
धादिङ । नेकपा माओवादी केन्द्र नेत्रावती डवजोङ गाउँपाकिला वडा नम्बर ३ ले वडा अध्यक्षमा दिपक तामाङलाई उठाउने निर्णय गरेको छ ।
आईतबार सम्पन्न वडा कमिटीको बैठकले गठबन्धनको सहमतिमा माओवादी केन्द्रको भागमा नेत्रावती डवजोङ वडा नम्बर ३ परेको खण्डमा वा एक्लै चुनाव लड्नु परेको अवस्थामा दिपक तामाङलाई अध्यक्षमा उठाउने निर्णय गरेको हो । यस्तै वैठकले सदस्यमा रुप बहादुर तामाङ, आईतराम तामाङ, सन्च माया तामाङ र करुणा सुनारलाई उठाउने सर्वसम्मत निर्णय समेत गरेको छ ।
यस्तो थियो ०७४ सलाको चुनावमा यस वडाको चुनावी नतिजा
कांग्रेस विजय कुमार तामाङ ३८२ मत विजयी
एमाले कालबहादुर तामाङ १२३ मत
माओवादी केन्द्र प्रेमबहादुर तामाङ ३०० मत
राप्रपा छे दोर्जे तामाङ १३१ मत
नयाँ शक्ति सुकराम तामाङ १३३ मत



























