
धादिङ । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिका स्थित कपुरगाउँ पुगेर जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिं तामाङले धादिङको खेलकुदमा उत्साहजनक नतिजा आउन थालेको बताएका छन् ।
कपुर गाउँ युवा एकता समाजले चैत २८ गते देखि आयोजना गरेको वडा स्तरीय भलिबल प्रतियोगिता पुरस्कार वितरण तथा समापन गर्न आईतबार कपुरगाउँ पुगेका अध्यक्ष तामाङले जिल्लामा खेलकुदको विकास उत्साह जनक छ, प्रदेश र राष्ट्रिय प्रतियोगिताहरुमा पनि धादिङका खेलाडीले उत्कृष्ट ल्याउन नतिजा ल्याई रहेको बताएका हुन् । उनले खेलकुदको नतिजा उत्साहजनक भएपनि खेलकुदको पुर्वाधार निर्माण निराशा जनक नै रहेको बताउँदै स्थानीय सरहकारहरुले पुर्वधार निमार्णमा जोड दिन नसकेको आरोप लगाए ।
उक्त वडा स्तरीय भलिबाल प्रतियोगितामा च्यम्रा युवा समाज प्रथम, खादिङ युवा समाज दितिय, कपुर गाउँ एकता समाज तृतीय र नमस्ते युवाक्लव सान्तोना भएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम बिजेतालाई २० हजार नगद, द्वितियलाई १५ हजार र तृतियलाई १० हजारनगद, मेडल ट्रफी, प्रमाणपत्र लगायतको पुरस्कार प्रदान गरिएको थियो ।




























