वाईसीएल इन्चार्ज दिपशिखा आज धादिङबेसी आउने

Avatar photo
Dhadingpost
चैत्र २८, २०७८

धादिङ । माओवादी केन्द्रका नेता तथा वाईसीएलका केन्द्रीय इन्चार्ज राम प्रसाद सापकोटा (दिपशिखा) आज धादिङबेसी आउने भएका छन् ।

माओवादी युवा बृतमा चर्चित नेता मध्य पर्ने नेता दिपशिखा आज धादिङबेसीमा वाईसीएल नीलकण्ठ नगरपालिकाको सम्मेलन उद्घाटन तथा चुनावी प्रशिक्षणका लागि आउन लागेका हुन् ।

दिपशिखा सँगै केन्द्रीय अध्यक्ष सुमन देवकोटा धादिङ आउने कार्यक्रम रहेको वाईसीएलका जिल्ला संयोजक रोमी घलेले बताए ।